आकाश र पूजा अभिनित ‘प्राण पियारी’ को भिडिओ सार्वजनिक


पछिल्लो समयका बहुचर्चित जोडी आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित नयाँ गीत प्राण पियारी को भिडिओ सार्वजनिक भएको छ । लोकप्रिय गायिका मेलिना राई र गायक नरेन्द्र वल्लभ पन्थको आवाज रहेको यस गीतमा डि.पी. खनालको शब्दरचना, शंकर थापा ‘स्माईल’ को सङ्गीत तथा उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ ।

एकदिन अघि मात्र रिलिज भएको यस भिडिओमा उत्सव दाहालको छायाङ्कन तथा बिकाश दाहालको सम्पादन रहेको छ भने प्रमोद भण्डारीले कोरियोग्राफी गरेका छन् । जया शर्मा कृयटिभ डिरेक्टर रहेको प्राण पियारी सुब्रतराज आचार्यको निर्देशनमा छायाङ्कन भएको हो । म्युजिक भिडिओ DushMusic Nepal युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।