कमल खनालको नयाँ साङ्गीतिक कोसेली ‘रुमाल’ सार्वजनिक

प्रकाश बराईली ‘अभिव्यक्ति’


गायक एवं सर्जक कमल खनालको नयाँ साङ्गीतिक  कोसेली रुमाल सार्वजनिक भएको छ । यस गीतमा कमल खनाल र अञ्जु पन्तको स्वर रहेको छ भने कमल खनालकै शब्द, सङ्गीत रहेको छ ।

प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको यस गीतको भिडिओमा नवराज उप्रेती र विनोद अधिकारीको छायाङ्कन, विष्णु शर्माको सम्पादन रहेको छ । भिडियोमा चर्चित कलाकारहरु पल शाह र गरिमा शर्माको अभिनय रहेको छ । भिडिओ कमल खनालको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।