साहित्यकार अमरको २८ औं कृति सार्वजनिक


ओएस नेपालको आयोजनामा एवं राईजिङ कृयटिभको प्रस्तुतिमा राजधानीमा एक समारोहबीच सुरेन्द्र महर्जन ‘अमर’ को २८ औं कृति छायाँ गीतिएल्बम सार्वजनिक भएको छ । एल्बमभित्र मेलिना राई र प्रदिप ग्लानको स्वर रहेको म भन्दा नि, मिलन नेवार र दीपक लिम्बुको स्वर रहेको फेसबुकमा लेखूँ कि टुइटरमा लेखूँ, प्रदिप ग्लानको स्वर रहेको आँसु झर्दा पुछिदिने, रिता के. सी. को स्वर रहेको थाहै नपाई, आर्यन खत्री र सङ्गीता रायमाझीको स्वर रहेको तिम्रो कसम र लुमा स्याङ्ग्बोको स्वर रहेको रमझम रमझम लाग्छ तिमी साथ हुँदा गरी ६ वटा गीत रहेका छन् ।

गीतमा राम कार्की, पुष्कर सुनुवार, राजकुमार र सविन लिम्बुले सङ्गीत दिएका छन् भने पुष्कर सुनुवार, राम कार्की, टंक बुढाथोकी, बुद्ध सायमी आदिले सङ्गीत संयोजन गरेका छन् । एल्बम विमोचन कार्यक्रममा गायक प्रदिप ग्लानले म भन्दा नि-३ को गीत गाएर मनोरञ्जन गराउनुको साथै एल्बमको बारेमा मन्तव्य समेत व्यक्त गरेका थिए ।

समारोहमा पत्रकारहरू कविराज बुढाथोकी, तुलसी गिरी ‘भावुक’, बिकाश आचार्य, यमन पौडेल, पासाङ तामाङ र  राजु श्रेष्ठका साथै सङ्गीतकारहरू सन्तोष श्रेष्ठ, विनोद श्रेष्ठ आदिले सर्जक सुरेन्द्र महर्जन ‘अमर’  को कृतिबारे आ-आफ्नो धारणा राखेका थिए l यसैगरी कार्यक्रमको आयोजक संस्था ओएस नेपालको तर्फबाट विवेक कार्कीले मन्तव्य व्यक्त गरेका थिए ।