आमाको महिमा र महानता अब गीतमा

-तुलसी गिरी ‘भावुक’


लोकप्रिय गायक सन्तोष दुमीको स्वरमा रहेको आमा सम्बन्धी गीत आमा को भिडिओ सार्वजनिक भएको छ l देविका चाम्लिङ राईको शब्दरचना, मनोज साङसोन राईको सङ्गीत तथा सङ्गीत संयोजन र राजु कार्कीको मिक्सिङ/माष्टरिङ रहेको यो गीत किङ स्टुडियोका प्राविधिक सुरेश राईले रेकर्ड गरेका हुन् l SANTOSH DUMEE OFFICIAL CHANNEL बाट सार्वजनिक भएको यो भिडिओ जीएन दुमी राईको लगानीमा जस्केलो क्रिएशनले तयार पारेको हो l

गीतमा आमाको महिमा र महानताको वयान गरिएको छ l समग्रमा भन्नुपर्दा नारीको सहनशीलता, धैर्यता, साहस र त्यागका शाश्वत भावहरु गीतमा महसुस गर्न सकिन्छ l पितृसत्तात्मक समाज र लोग्ने मान्छेले जे गरेपनि सहन बाध्य उत्पीडित नारीको हृदयविदारक कथा बोकेको यस गीतमा एउटा सन्तानले आमाको जीवनकथालाई गीतको माध्यमबाट स्मरण गरेको छ l हाम्रो समाज र परिवारभित्रको घिनलाग्दो यथार्थ कथालाई जस्ताको तस्तै उतारिएको यो गीतका सर्जक / कलाकार सबैले प्रशंसनीय काम गरेका छन् l