राष्ट्रिय भावको गीत ‘हाम्रो कालापानी’मा गायिका शोभा

– रघुनाथ सापकोटा


गायिका शोभा न्यौपानेको आवाजमा रहेको राष्ट्रिय भावनाले ओतप्रोत गीत हाम्रो कालापानी को भिडिओ सार्वजनिक गरिएको छ । डा. बिन्दा पाण्डेको शब्दरचना रहेको यस गीतमा सङ्गीत सुरज अधिकारीको रहेको छ ।

२०५७ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेर केही गीत रेकर्ड गरेकी गायिका शोभा बैंकिङ क्षेत्रमा काम गर्दै थोरै समय निकालेर गीत सङ्गीतमा पनि केही गर्ने सोचका साथ अघि बढिरहेकी छिन् । धेरै समयको अन्तरमा यो राष्ट्रिय भावनाको गीत सार्वजनिक गरेकी गायिका शोभा यस गीतलाई सम्पूर्ण नेपालीले मन पराउने कुरामा विश्वस्त छिन् । यस्तै राष्ट्रप्रति समर्पित अन्य गीतहरु पनि सार्वजनिक गर्दै जाने उनले  बताएकी छिन् ।

सृजना काफ्लेको कन्सेप्टमा बनेको यो भिडिओ प्रदिप सिंह थापाले निर्देशन गरेका हुन् । भिडिओमा राम केसीको छायाङ्कन, निराजन केसीको सम्पादन र ध्रुवराज पराजुलीको रङ्ग संयोजन रहेको छ भने  आयुष रिजाल, शोभा न्यौपाने, बाल कलाकार शान्वी न्यौपाने (भट्टराई), कृषा न्यौपाने (भट्टराई) र स्वराज अधिकारी फिचर्ड छन् । भिडिओ डिएआर मुभिजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।