नृत्य र गायनमा सप्तरङ्गी प्रतिभाको खोजी


पोखरा l गण्डकी प्रदेश सरकार सामाजिक मन्त्रालयसँगको सहकार्यमा सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठानद्वारा आयोजित सामूहिक लोकनृत्य तथा एकल खुल्ला गायन‌ प्रतियोगिता सप्तरङ्गी प्रतिभाको खोजी-२०७७ कार्यक्रम चैत ७ गते पोखरा उधोग वाणिज्य संघको‌ हलमा हुने भएको छ । सामूहिक ‌लोक‌‌ नृत्य प्रतियोगिताको यस कार्यक्रमलाई सफल पार्नका निम्ति संस्थाको‌ पूर्ण‌ बैठकद्वारा उप समिति गठन गरिएको छ । जसको संयोजकमा गोरे गुरुङ‌‌, सह संयोजकमा जसु गुरुङ र सदस्यहरुमा ‌खिम कुमार गुरुङ, कृष्णप्रसाद भन्डारी, गजेन्द्र गुरुङ, लोक बहादुर गुरुङ, पशुपति गुप्ता जुना क्षेत्री सुकु, हिराचन र शारदा भट्टराई रहनु भएको छ ।

जनवादी लोकगायक, संस्कृतिकर्मी एवम्‌ संस्थाका अध्यक्ष प्राज्ञ पद्मराज ढकालले लोपोन्मुख संस्कृतिमूलक लोक नृत्यको‌ संरक्षण र सम्बर्द्धनका लागि सामूहिक ‌लोक‌‌ नृत्य प्रतियोगिताको आयोजना गर्न लागिएको बताउनुभयो । त्यसैगरि लामो समयदेखि लोक नृत्यको‌ अनुसन्धान र अनुभव बटुलिरहनुभएका संयोजक गोरे गुरुङले हिमालपारिका जिल्ला मनाङ, मुस्ताङ सहित गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाहरुको सँस्कृतिमूलक लोकनृत्य एकै मन्चमा देखाइने यो ठूलो‌ र ऐतिहासिक कार्यक्रम भएको दावी गर्नुभयो । उप समितिको आन्तरिक छनौटबाट छानिएका समूहले सिधै फाइनल कार्यक्रममा सहभागी हुन पाउने व्यवस्था गरिएको सह संयोजक जसु गुरुङले जानकारी दिनुभयो ।

त्यसैगरि एकल खुल्ला गायन‌ प्रतियोगिताको लागि पनि उप समिति गठन गरिएको छ । जसको संयोजकमा नवराज बराल, सह संयोजकमा सुमन‌ श्रापित र सदस्यहरुमा लक्ष्मी गिरी, पिङ्गला भट्ट, श्यामलाल श्रेष्ठ, पृथ्वी भुजेल, मन सुरागम, सुनिल बराल, रामजी पौडेल, सूर्य घतानी, सानु जोजिजू रहनुभएको छ । गण्डकी प्रदेशभित्र एउटा गतिलो प्रतियोगितात्मक ‌प्लेटफर्म निमार्ण गरी नव प्रतिभाहरुलाई मन्च प्रदान गर्ने उद्देश्यले यो एकल‌ खुल्ला गायन प्रतियोगिता गर्न लागिएको कुरा संस्थाका महासचिव मनकुमार श्रेष्ठले खुलासा गर्नुभयो ।

पहिलो र दोस्रो चरणको‌ अडिसनबाट उत्कृष्ट १० छनोट गरी ती प्रतियोगीहररुलाई चैत ७ मा हुने फाइनल‌ राउण्डमा भिडाइने कार्यक्रम संयोजक नवराज बराल बताउनुभयो । पहिलो‌ चरणको‌ अडिसन बाग्लुङ र पोखरामा गर्ने र बाँकी दोस्रो चरणको अडिसन र फाइनल कार्यक्रम पोखरामै हुने सह संयोजक सुमन श्रापितले जानकारी दिनुभयो । नृत्यतर्फ प्रमाणपत्र र ट्रफी सहित प्रथम‌ पुरस्कार रु. एक‌ लाख, द्वितीय रु. पचास हजार र तृतीय रु. पच्चीस हजार रहेको छ । त्यसैगरि गायनतर्फ प्रमाणपत्र र ट्रफी सहित प्रथम पुरस्कार रु.पचास हजार, द्वितीय रु. पच्चीस हजार, तृतीय रु.पन्ध्र हजार र सान्त्वना रु. सात हजार पाँच सय रहेको छ ।


बाग्लुङमा पहिलो चरणको‌ अडिसन सम्पन्न

गण्डकी प्रदेश सरकार सामाजिक मन्त्रालय सङ्गको सहकार्यमा सप्तरंगी सास्कृतिक प्रतिष्ठानद्वारा आयोजित सप्तरंगी प्रतिभाको खोजी-२०७७ एकल खुल्ला गायन‌ प्रतियोगिता पहिलो चरणको‌ अडिसन बाग्लुङ सदरमुकाम स्थित राधाकृष्ण मन्दिरको सभाहलमा शुक्रबार सम्पन्न भयो । पहिलो चरणमा भएको औपचारिक कार्यक्रम राधाकृष्ण सेवा समितिका अध्यक्ष ‌रमेश राजभण्डारीको सभापतित्व र बरिष्ठ साहित्यकार प्रेम छोटाको प्रमुख आतिथ्यमा भएको थियो । प्रमुख अतिथि‌ प्रेम छोटाले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्दै सप्तरंगी प्रतिभाको खोजी यो मन्चले गाउँ गाउँमा लुकी बसेका प्रतिभाहरुको प्रतिभा प्रस्फुटन हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

संस्थाका सस्थापक‌ अध्यक्ष एवम्‌ कार्यक्रम संयोजक नवराज बरालले सस्थागत परिचय र प्रतियोगिताका नियम राख्नुभएको थियो। त्यस्तै शुभकामना मन्तव्य पत्रकार, संगीतकर्मी एवम् सामाजिक अभियन्ता सज्जन सिंह र सङ्गीतकार महेशचन्द्र प्रधानले ब्यक्त गर्नुभएको थियो ‌ । कार्यक्रम संचालन कार्यबाहक सचिव एवम् कार्यक्रम सह संयोजक सुमन श्रापितले र स्वागत मन्तव्य स्थानीय ब्यवस्थाक एवम्‌ संगीत प्रशिक्षक सूर्य घतानीले गर्नुभएको थियो ।

अडिसनमा गण्डकी प्रदेश अन्तर्गतका बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङ, कास्की, गोर्खा आदि जिल्लाका गरी ३३ जना गायक गायिकाहरुको सहभागिता रहेको थियो । अडिसनबाट अरुण सुनार पर्वत, अमन सुबेदी बाग्लुङ, हेमलाल बि.क. कास्की, कुसुम पुन मगर बाग्लुङ, समित परियार बाग्लुङ, हरिकला थापा बाग्लुङ, हेम ब. परियार बाग्लुङ, शान्त सुनार बाग्लुङ, सिम्रिका घिमिरे बाग्लुङ, निरुता बिश्वकर्मा पर्वत, कृति थापा क्षेत्री बाग्लुङ, अस्मिता बि.क.पर्वत गरी उत्कृष्ट १२ जना दोस्रो चरणको प्रतियोगिताका लागि चयन गरिएको‌‌ कुरा उप समिति सदस्य एवम् गायिका ‌पिङ्ला भट्टले बताउनुभयो ‌।

अडिसनको निर्णायकमा संगीतकार नवराज बराल, गीतकार सुमन श्रापित, गायिका लक्ष्मी गिरी र गायक पशुपति गुप्ता रहेका थिए । अडिसन चरणको कार्यक्रम संचालन पत्रकार संगीतकर्मी एवम् सामाजिक अभियन्ता सज्जन सिंहले गर्नुभएको थियो । सेमीफाइनल अडिसन अर्थात् दोस्रो चरणको छनोट फाल्गुन २९ गते पोखरा स्थित कास्की न्यूरोड रोधी क्लबको‌ सभाहलमा हुने संस्थाका अध्यक्ष प्राज्ञ पद्मराज ढकालले जानकारी दिनुभयो ‌ ।