वियोगान्त भावको भिडिओमा गायक योगी

-तुलसी गिरी ‘भावुक’


प्रसिद्ध गायक शिशिर योगीले वियोगान्त भावको गीत तिमी अर्कैकी को भिडिओ सार्वजनिक गरेका छन् l गायक योगीले एकदिन अघिमात्र आफ्नै अफिसियल युट्युब च्यानल Shishir Yogi बाट सो भिडिओ रिलिज गरेका हुन् l अर्जुन योगीको शब्द रचना, यादवनाथ योगीको सङ्गीत तथा विजय थापाको रेकर्डिङ, म्युजिक एरेञ्ज र मिक्सिङ रहेको यस गीतमा थाहै नपाई एकतर्फी रुपमा झाँङ्गिएको प्रेम र बिर्सन नसकेका पीडाहरु पोखिएको छ l

वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित प्रस्तुत गीतको भिडिओमा  वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा सिनेम्याटोग्राफी र लोकेश भाटको सम्पादन रहेको छ l गायक योगीले केहीदिन अघि मात्र तिमी हिँडे बाटो बन्छ यादमा बोलका दुई गीतको भिडिओ सार्वजनिक गरेका थिए l