राजन र समीक्षाको आवाजमा ‘वनको खयर’

रघुनाथ सापकोटा


राजन कार्की र समीक्षा अधिकारीको आवाजमा रहेको नयाँ लोक तथा दोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ । वनको खयर बोलको यस गीतमा सुन्दर हमालको शब्द तथा राजन कार्कीको सङ्गीत रहेको छ । तारानाथ आचार्यको सङ्गीत संयोजन रहेको यस गीतको भिडियो प्रकाश भट्टको निर्देशनमा तयार भएको हो ।

भिडियोमा राजन कार्की,सुबिक्षा हमाल,सवि हमाल,सुवि हमाल एवं बाल कलाकार सचिन परियार र अग्रता कार्कीको अभिनय रहेको छ । सर्जक सुन्दर हमालले आफ्नै छोरीहरु सवि हमाल र सुवि हमाललाई यसै भिडियो मार्फत अभिनयमा डेब्यु गराएका छन् । नवराज उप्रेतीले छायाङ्कन गरेको यो भिडियो विष्णु शर्माले सम्पादन गरेका हुन् । भिडियो सर्जक हमालको आफ्नै युट्युब च्यानल सवि सुवि इन्टरटेन्टमेन्ट मार्फत सार्वजनिक गरिएको छ ।