‘टिकटकवाली’ गीता र उषाले पल र अर्जुनको दिल चोरे

-तुलसी गिरी ‘भावुक’


प्रसिद्ध गायक प्रमोद खरेलको स्वरमा रहेको गीत कालीकाली टिकटकवाली को भिडियो बजारमा आएको छ l सौगात सङ्ग्रामको शब्दरचनामा रहेको यस गीतका सङ्गीतकार तथा सङ्गीत संयोजक राजकुमार बगर हुन् l भिडियो गायक खरेलको युट्युब च्यानल Pramod Kharel बाट आजै प्रीमियर गरिएको हो l

राजिव समरको कोरियोग्राफीमा छायाङ्कन भएको यस म्युजिक भिडियोमा पल शाह, अर्जुन गौतम, गीता ढुङ्गाना र उषा उप्रेतीको प्रमुख भूमिका रहेको छ l भिडियोमा अर्जुन तिवारीको सिनेम्याटोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने सान थापाको निर्देशनमा निर्माण भएको हो l