त्रिकोणात्मक प्रेमकथामा ‘माया गर्नु पर्दैन ‘


नव गायक राम श्रेष्ठले नयाँगीत माया गर्नु पर्दैन को भिडियो दर्शकमाझ ल्याएका छन् । वियोगान्त भावको यो गीत सुवर्ण कुमार श्रेष्ठले लेखेका हुन् । जसमा सङ्गीत, छायाङ्कन र भिडियो सम्पादन पनि सुवर्ण कुमारकै रहेको छ ।

गायिका तथा मोडल विशाखा गिरीसँग यो भिडियोमा अजय नगरकोटी र अभी सुनुवारले अभिनय गरेका छन् । भिडियोमा यी तीन पात्रको त्रिकोणात्मक प्रेम सम्बन्ध समेटिएको छ । अजय र अभीको यो डेब्यु भिडियो हो । जसमा गीताञ्जली योगीको मेकअप रहेको छ ।

त्रिकोणात्मक प्रेम भावमा भिडियो तयार पारिएको छ । गीतको भिडियो हाईलाईट्स नेपाल नामक युट्युव च्यानलबाट रिलिज गरिएको छ । भिडियोमा एक युवतीको दुई युवकसँगको समानान्तर प्रेम र त्यसले निम्त्याएको समस्या देखाईएको छ ।

डब्बु क्षत्रीको निर्देशनमा तयार भएको यो भिडियोले यतिबेला दर्शकको राम्रो प्रतिक्रिया पाईरहेको छ । नवोदित गायक भएपनि रामको स्वरमा निकै मिठास छ । उनको गायनशैली कुनै व्यावसायिक गायकको भन्दा कम छैन ।