श्रीदेव र सम्पदाको अगाध प्रेमकथा ‘तिमी मेरो पूजा’

तुलसी गिरी ‘भावुक’


पति-पत्नी बीचको अगाध प्रेमभाव व्यक्त भएको गीत तिमी मेरो पूजा को भिडियो सार्वजनिक भएको छ l प्रीति आत्रेय ज्ञवालीको शब्दरचना, ज्योतिप्रकाशको सङ्गीत, राजेन्द्र बजगाईंको सङ्गीत संयोजन र मेलिना राईको स्वर रहेको यस गीतको भिडियोमा श्रीदेव भट्टराई र सम्पदा बानियाले पति-पत्नीको भूमिकामा अभिनय गरेका छन् l गीतमा पत्नीले पतिलाई आफ्नो सर्वश्व तिमी नै हौ भन्दै यो प्रेमिल साथ कहिल्यै नटुटोस् भन्ने कामना गरेकी छिन् भने पतिले पनि पत्नीको समर्पण भावको उत्तिकै कदर गरेको कुरा भिडियोमा देखाइएको छ l

आम गीतका विषयबस्तु भन्दा फरक र सकारात्मक चिन्तनले अभिप्रेरित यस गीतले मनोरञ्जनका साथै श्रोता-दर्शकमा आदर्श विचारको प्रवाह पनि गरेको छ l अबिबाहितहरुको प्रेम र बिछोडका गीतहरुको वर्चश्व रहेको सङ्गीत बजारमा बिबाहित जोडीको बेजोड प्रेमकथा बोकेर आएको यस गीतले नि:सन्देह भिन्न र विशेष महत्व राख्दछ l भिडियोमा सहायक कलाकारको रुपमा आर्या आत्रेय, भोजराज आचार्य, आर्या कोईराला, गणेश प्रसाईं र गीतका सङ्गीतकार ज्योतिप्रकाशलाई समेत देख्न सकिन्छ l

प्रेम दिवसको अवसर पारेर S3K Entertainment नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो भिडियो प्रकाश धितालको निर्देशनमा तयार भएको हो l जसमा अजय रेग्मीको सिनेम्याटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ l