यथार्थपरक भावमा शिशिर योगीको ‘कर्णाली पारि’

तुलसी गिरी ‘भावुक’


लोकप्रिय गायक शिशिर योगीको स्वरमा रहेको गीत कर्णाली पारि को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ l संजिवनी विश्वकर्माको शब्दरचना, बीबी अनुरागीको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतको भिडियो गायक योगीले आफ्नै अफिसियल युट्युब च्यानल Shishir Yogi बाट सार्वजनिक गरेका हुन् l

लोकलयमा आधारित यस गीतमा सुदूरपश्चिमको लोकप्रिय थेगो झम् तारा झम् झम् को प्रयोग गरिएको छ भने भिडियो वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्माण भएको हो l जसमा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, सिनेम्याटोग्राफी र सम्पादन रहेको छ l लोकेश भाटले पनि सह-सम्पादकको रुपमा भिडियोमा आफ्नो प्राविधिक दक्षता देखाएका छन् l

यथार्थपरक शब्दहरु भएको यस गीतमा कर्णाली पारिको भूगोल, जीवनशैली लगायत अन्य विविध पक्षको बयान सुन्न सकिन्छ l