आकाशको यादमा घायल पूजा


अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो पुरानो घाउ सार्वजनिक भएको छ । लोकप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको गजल पुरानो घाउ को शब्द चन्द्र प्रसाई ‘परिस्कृत’ले कोरेका हुन् । गीतकार प्रसाईका यस अगाडि प्रेमको कथा, कथा मृत्युको लगायतका गीत हिट छन् ।

सन्तोष श्रेष्ठले सङ्गीत भरेको यो गजल मेलोडियस शैलीमा तयार पारिएको छ ।  गजल सुन्दा आनन्द लाग्छ । गजलमा विष्णु अधिकारीको एरेञ्ज, विश्व अधिकारीको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ रहेको छ ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको यस गजलको भिडियोमा आकाश र पूजालाई निकै आकर्षक तरिकाले  उतारिएको छ । गजलकारले गजल मार्फत प्रेमीले प्रेमिकालाई पुराना प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अगाडि बढाएर सुखमय बनाउन प्रेरणा दिएका छन् । भिडियोमा पनि यस्तै कथा बुनिएको छ ।

पछिल्लो समयका ब्यस्त निर्देशक पाण्डेको हरेक भिडियोमा फरक पन पाउन सकिन्छ । यो भिडियोमा पनि उनले केही फरक दिने कोसिस गरेका छन् ।

इनाक्षी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायाङ्कन र बिकाश दाहालको सम्पादन छ । भिडियोका प्रोडक्सन म्यानेजर दीपेन गौतम हुन् ।