‘नेपालको राजनीति खाए खा नखाए घिच’ को भिडियो सार्वजनिक

प्रकाश बराईली ‘अभिव्यक्ति’


नेपालमा पछिल्लो समय राजनीतिमा खिचातानी भैरहेको अवस्था छ । राजनीतिकै कारण देश तहस नहस भएको छ । नेपालका भ्रष्ट नेताहरुले गर्दा सोझा जनताहरुले दु:ख पाईरहेका छन् ।

यसै कुरालाई मध्यनजर गर्दै हट गजलकार अञ्चल शाहीको नयाँ गीत नेपालको राजनीति खाए खा नखाए घिच को भिडियो सार्वजनिक भएको छ । यस गीतमा अञ्चल शाहीको शब्द र सुवास थापा मगरको सङ्गीत रहेको छ ।

गीतमा सुवार थापा मगर, दीपक घर्ती मगर, मुकेश पुलामी मगर, रुपी सिंजाली, किशान काले, मनु सापकोटा, प्रकाश रसाईली ‘भाबुक’, अशिम चन्द बिक, प्रकाश गौतम र चक्र बिकको स्वर रहेको छ । यस गीतक निर्माता कमल बिम्ब हुन् भने एरेञ्ज चाहिँ डोलराज बारघरे मगरले गरेका छन् ।

अञ्चल शाहीकै निर्देशन रहेको यस गीतको भिडियोमा समिर रामदाको छायाङ्कन/सम्पादन रहेको छ ।