वियोगान्त भावमा सन्देशमूलक भिडियो ‘यो मन दुखेको’

प्रकाश बराईली ‘अभिव्यक्ति’


गायक भरत परियारको वियोगान्त भावको गीत यो मन दुखेको को भिडियो सार्वजनिक भएको छ । गीतमा भरत परियार र बिमला परियारले स्वर दिएका छन् भने भरत परियारको शब्द, सङ्गीत रहेको छ ।

जीवन केसीको निर्देशन रहेको यस भिडियोमा महेश महराको छायाङ्कन र  नवीन घर्ती मगरको सम्पादन रहेको छ । जसमा शंकर आरजे, रबिना भित्रीकोटी, लक्ष्मी तामाङ, मुकेश बुढाथोकी आदि कलाकारले अभिनय गरेका छन्।

भिडियोमा सँगै बाँच्ने सँगै मर्ने कसम खाएको एक प्रेमी जोडीको कथा प्रस्तुत गरिएको छ । जहाँ बाइक दुर्घटनामा परेर उपचारकै क्रममा प्रेमीको निधन हुन्छ । सन्देशमूलक भाव भएको यस भिडियोले लापरबाहीपूर्ण तरिकाले सवारी साधन चलाउँदा ज्यान पनि जान सक्छ भन्ने सन्देश दिएको छ ।