गजलमा गजित र आरोहीको कथक नृत्य

तुलसी गिरी ‘भावुक’


OSR Digital ले बजारमा आईरहेका आम भिडियोहरु भन्दा फरक प्रकृतिको म्युजिक भिडियो सार्वजनिक गरेको छ l OSR ले डा. केशव शर्माको शब्दरचना, सन्तोष श्रेष्ठको सङ्गीत एवं मनोजराज र सुजाता वर्माको स्वर रहेको गजल वेदनाको भेलको भिडियो बजारमा ल्याएको हो l यो गजल गीतकार डा. शर्माको पूर्व समयमा प्रकाशित गीति एल्बम एक एक एघार बाट लिईएको थाहा भएको छ l भिडियोमा सङ्गीत बजारमा अग्रपङ्तीमा नाम आउने नृत्य निर्देशक/कोरियोग्राफर गजित विष्ट र गम्भीर विष्टको संयुक्त कोरियोग्राफी तथा हेमप्रभास अधिकारीको निर्देशन रहेको छ l

उत्कृष्ट कथक नृत्य रहेको यस म्युजिक भिडियोमा दरबारिया पृष्ठभूमिको कथा छ l जसमा गजित विष्ट र आरोही शर्मालाई राजा-रानी र नर्तक-नर्तकीको डबल भूमिकामा देख्न सकिन्छ l बजारमा विरलै आउने यस प्रकारको गीत/भिडियोबाट दर्शक/श्रोताले अलग स्वाद लिने र फरक मनोरञ्जन एवं अनुभूति गर्ने अवसर पाएका छन् l

नवराज उप्रेतीको सिनेम्याटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको यस भिडियोमा सङ्गीतकार सन्तोष श्रेष्ठका साथै नारायण उप्रेती, अनु राई, मनिषा खड्का, विष्णु खड्का, सुवास पोखरेल, सीतामैया राजचल र डम्बर खड्काथोकीलाई पनि देख्न सकिन्छ l