रूद्रसेन र मेलिनाको स्वरमा ‘हाँसेर बोल न मायालु’


नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा रामो नाम कमाईसकेका गायक रुद्रसेन विश्वकर्माको हाँसेर बोल न मायालु बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीमा बनेको यस गीतमा रूद्रसेनलाई मेलिना मैनालीले स्वरमा साथ दिएकी छिन् । गीतमा गायक रुद्रसेनकै सङ्गीत रहेको छ ।

नयाँ कलाकारलाई पनि प्रोत्साहन र स्थान दिनुपर्छ भन्दै निर्देशक प्रदीप कुमार रसाइलीको निर्देशनमा तयार पारिएको यस भिडियोमा नव कलाकार प्रतिक आचार्य र रोशु लामिछानेको अभिनय देख्न सकिन्छ । जुनै जाति वा भाषाभाषीको भएपनि आफ्नो संस्कृति, कला र पहिचानको जगेर्ना गर्नुपर्छ भन्ने खुल्ला सोच राख्ने गायक रूद्रसेनले आफ्नो गीत तथा भिडियोलाई सधैं झैं माया गरिदिन श्रोता/दर्शकलाई आग्रह गरेका छन् । भिडियो गायक रूद्रसेन विश्वकर्माकै अफिसियल युट्युब च्यानल Rudrasen Bishwakarma मार्फत सार्वजनिक गरिएको छ ।