मेनुका परियार र चन्द्र धामीको स्वरमा ‘रूमाल खस्ला कि !’

प्रकाश बराईली ‘अभिव्यक्ति’


साङ्गीतिक क्षेत्रमा पछिल्लो समयमा एकपछि अर्का गर्दै भाईरल कलाकारहरुलाई लिएर गीत निर्माण गर्नेहरुको ओईरो लागेको छ । सोही क्रममा रुमाल खस्ला कि बोल रहेको गीतको भिडियो बजारमा आएको छ । यस गीतमा मेनुका परियार र चन्द्र धामीले स्वर दिएका छन् भने चन्द्र धामीको शब्द एवं डोलराज बारघरे मगरको सङ्गीत  रहेको छ ।

राज कुमार मगरको निर्देशन तथा सम्पादन रहेको यस गीतको भिडियोमा रामशरण उप्रेतीको छायाङ्कन रहेको छ । भिडियोमा भाईरल बाल गायक सचिन परियार, मुना मगर र अर्जुन कुँवर आदिको अभिनय हेर्न सकिन्छ ।