बहिरा कलाकारद्वय सुजल बम र श्रद्धा भुसाललाई अवार्ड


बहिरा कलाकारद्वय सुजल बम र श्रद्धा भुसाललाई लोकगीत बैनी झ्यालैमा बाट अवार्ड प्रदान गरिएको छ । विमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा राजधानीमा समपन्न हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७ मा लोकगीततर्फ सर्वाधिक रुचाइएको गीत बैनी झ्यालैमा बाट सार्वोत्कृष्ट मोडल बम र यसै गीतबाट इनकरेजमेन्ट अवार्ड भुसाललाई प्रदान गरिएको हो । यस्तै सो सामारोहमा दृष्टिविहिन सङ्गीतकार रमेश सुवेदी इन्करेजमेन्ट अवार्ड (सेतो छडी) बाट पुरस्कृत भएका थिए ।

अवार्ड समारोहमा वरिष्ठ सङ्गीतकार राजु सिंहलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो भने पत्रकारद्वय अनन्त वाग्ले र कुवेर गिरीलाई नगदसहित रङ्ग पत्रकारिता सम्मान प्रदान गरियो ।

कला क्षेत्रका विशिष्ट व्यक्तिहरु अतिथि रहेको सो अवार्ड समारोहमा सर्वोत्कृष्ट आधुनिक गीत अवार्ड अञ्जु पन्त (कान्छा कान्छी) सर्वोत्कृष्ट गायक शिव परियार (आँशुको अर्थ–३, तिमीले पो सक्यौ होला), सर्वोत्कृष्ट गीतकार अमर वान्तु (आएँ म त तिम्रो शहर), सर्वोत्कृष्ट लोकआधुनिक गीतकर जनक रावल (भुल्यौ कि मायाले गोठालोमा गएको मेलापात धाएको), सर्वोत्कृष्ट आधुनिक गीत रचनाकार हरि उप्रेती (वल्ली होइन पल्ली), सर्वोत्कृष्ट आधुनिक गीत सङ्गीतकार विकास चौधरी (वल्ली होइन पल्ली), जुरी अवार्ड सङ्गीतकार सन्तोष श्रेष्ठ (एक्लो उदास जवानी), सर्वोत्कृष्ट राष्ट्रिय गीत गायक चेतन सापकोटा (बुद्ध पठाइदेऊ), सर्वोत्कृष्ट राष्ट्रिय गीत रचनाकार शोभा केसी (माया गरौँ माया गरौँ)लाई अवार्ड प्रदान गरिएको थियो । यस्तै विभिन्न तीन दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको थियो ।