‘गीतकार सङ्घ’मा शुभ मुकारुङको नेतृत्व, सबैजसो पद सर्वसम्मत

तुलसी गिरी ‘भावुक’


समस्त गीतकारहरुको छाता सङ्गठन गीतकार सङ्घ नेपाल को हिजो सम्पन्न ११ औं साधारणसभा तथा पाचौं अधिवेशनले शुभ मुकारुङको नेत्तृत्वमा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ l समितिको अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश: शुभ मुकारुङ, वसन्त वित्याशी थापा, रमेश कोईराला, महेश आचार्य र जीत बहादुर घले चुनिएका छन् भने सदस्यहरुमा लोकराज अधिकारी, सुमी सिंह, चेतन खतिवडा, प्रतिमा श्रेष्ठ, उमेश राई र शितल कादम्बिनीले जिम्मेवारी पाएका छन् l  

यसअघि सङ्घमा डा. कृष्णहरि बराल, योगेन्द्रमणि दाहाल र चूडामणि देवकोटाले नेत्तृत्व सम्हालेका थिए l मुकारुङले संस्थाको चौथो अध्यक्ष हुने अवसर पाएका छन् l  नवनिर्वाचित मुकारुङले संस्था स्थापना भएदेखि नै संस्थामा क्रियाशील रही अध्यक्ष बाहेकका सबैजसो पदमा बसेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेका छन् l

कार्यसमितिको ११ पद मध्ये उपाध्यक्ष र सचिवका लागि २-२ जनाले उम्मेद्वारी दर्ता गराएपछि मतदान गर्नुपरेको थियो भने बाँकी ९ पदका उम्मेदवार सर्वसम्मत चुनिएका थिए l मतदानमा उपाध्यक्षका उम्मेदवार सञ्जय बराल वसन्त बित्याशीसँग र सचिव पदका उम्मेदवार डब्बु क्षेत्री महेश आचार्यसँग पराजित भएका थिए l नयाँ कार्यसमितिको कार्यकाल २ बर्षको रहने छ l

गीतकार सङ्घ नेपालमा हाल ५ सय १९ सदस्य रहेका छन् l जसमध्ये  १ सय ४८ आजीवन र ३ सय ७१ साधारण सदस्य छन् l