समिर मोक्तान र ममता गुरुङको ‘काफल गेडी कुटुक्कै’


गायक समिर मोक्तान र ममता गुरुङको नयाँ गीत काफल गेडी कुटुक्कै को भिडियोसार्वजनिक भएको छ । जसमा डि.पी खनालको शब्दरचना, शंकर थापा ‘स्माईल’ को सङ्गीत तथा उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ ।

राजिव समरले निर्देशन गरेको यस म्युजिक भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारीको छायाङ्कन रहेको छ । सुशान्त खत्रीकै कोरीयोग्राफी रहेको यस भिडियोमा सुशान्त खत्री र अलिशा राईले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् । म्युजिक भिडियो डश म्युजिक नेपाल को अफिसियल यूट्युब च्यानलमा हेर्न सकिने छ ।