शनी विश्वकर्मा र रचना रिमालको ‘माया पिरिम’

-तुलसी गिरी ‘भावुक’


धुन सम्राटको नामले परिचित सुप्रसिद्ध सर्जक / कलाकार बीबी अनुरागीको शब्दरचना तथा सङ्गीत रहेको गीत माया पिरिम को भिडियो सार्वजनिक भएको छ l भिडियो सर्जक अनुरागीकै अफिसियल युट्युब च्यानल BB Anuragee बाट आज साँझ प्रीमियर भएको हो l प्रिज्म डिजिटल, बबरमहलका स्टुडियो प्राविधिकद्वय कमल थापा र किरण बिकले रेकर्ड गरेको यो गीतको मिक्सिङ सुकुराम रसाईलीले गरेका हुन् भने श्यामश्वेत रसाईलीको माष्टरिङ रहेको छ l गीतमा शनी विश्वकर्मा र रचना रिमालले स्वर दिएका छन् l

सुनिता रसाईलीको व्यवस्थापनमा निर्मित यस भिडियोको छायाङ्कन / सम्पादन ताराकान्त बिक हरिले गरेका हुन् l लाइभ प्रस्तुतिको रुपमा आएको यस भिडियोमा गायक/ गायिका शनी विश्वकर्मा र रचना रिमालको साथमा हार्मोनियममा बीबी अनुरागी, किबोर्डमा सुकुराम रसाईली, गितारमा सरोज विष्ट, सारङ्गीमा कमल विश्वकर्मा, बाँसुरीमा रत्न उत्सुक, मादलमा सुवास र अक्टोप्याडमा निशानलाई देख्न सकिन्छ l