समीक्षा, प्रकाश र रञ्जनको स्वरमा ‘झुम्का किन्दिम् कि’

-राजु बोहरा


कुनैपनि तवरबाट आफ्ना गीत सङ्गीतका स्वाद एक कदम अगाडि हुनुपर्दछ भन्ने मान्यता जुनसुकै कलाकारहरुको पनि हुने गर्दछ । यसै सोचको साथमा झुम्का किन्दिम् कि बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतको अडियो भिडियो निकै मेहनतका साथमा तयार गरिएको छ । किन कि, हिजो जस्तो आज छैन । आज हरेक श्रोता तथा दर्शकहरु गीत सङ्गीतको स्तरीयता मूल्याङ्कन गर्दै श्रवण गर्ने भैसकेका छन् ।

गीतमा प्रदिप अधिकारी र रविन लामिछानेले शब्द भरेका हुन् भने लय प्रदिप अधिकारीको नै रहेको छ । झुम्का किन्दिम् कि मा समीक्षा अधिकारी, प्रकाश क्षेत्री र रञ्जन थापा मगरको स्वर सुन्न सकिन्छ । साथै यस गीतमा ध्रुवराजा धिताल, कुशल विश्वकर्मा, राजु सुनाम, प्रेम राना मगर र पिम्सरा आलेले पनि स्वरमा साथ दिएका छन् ।

भिडियोमा पल शाह, जुना सुन्दास, अभिलिना खड्का, हेरुका लामा, मनोज बि.क., सुष्मा थापा र लक्ष्मी तिमिल्सिनाको अभिनय देख्न सकिन्छ । निकै तामझामको साथमा तयार भएको यस गीतको भिडियो धेरै श्रोता तथा दर्शकहरुको पर्खाइको बिषय बनेको थियो ।

अब सम्पूर्ण श्रोता तथा दर्शकहरुको प्रतिक्षाको घडी समापन भएको छ । माथि उल्लेखित गीतको भिडियो दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका हुन् भने छायाङ्कन नवराज उप्रेती समूह र सम्पादन मनोज कार्कीले गरेका छन् । प्रस्तुत गीतको अडियो तथा भिडियो प्रदिप अधिकारी नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।