आफ्नै पूर्व प्रेमिकाको बिहेमा पुगेपछिको पीडा

तुलसी गिरी ‘भावुक’


शिवराज पौडेलको शब्दरचना, राजकुमार बगरको सङ्गीत तथा प्रताप दासको स्वरमा रहेको गीत भाग्य मिलेन को भिडियो सार्वजनिक भएको छ l भिडियो आज दिउँसो ४:३० बजे गीतकार शिवराजको आफ्नै कम्पनीको अफिसियल युट्युब च्यानल Pashupati Music बाट बजारमा आएको हो l जसमा सुधिर श्रेष्ठ, गरिमा शर्मा र सरोज तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ l

गीतमा मन मिलेपनि भाग्य नमिलेको, रङ्ग मिलेपनि बासना नमिलेको, सपना मिलेपनि बिपना नमिलेको र रहर मिलेपनि संसार नमिलेको कुराहरु गरिएका छन् भने सोही भावलाई कलात्मकता दिँदै भिडियोमा प्रेम – बिछोड पछिको अवस्था र अत्यन्तै नजिकको साथीको बिहेमा पुग्दा आफ्नै पूर्व प्रेमिकालाई बेहुलीको रुपमा देखेपछिको पीडालाई मार्मिक ढङ्गमा प्रस्तुत गरिएको छ l

निशान घिमिरे कश्यपको निर्देशनमा तयार भएको यो भिडियोमा निशानकै सम्पादन रहेको छ भने भिडियोका सिनेम्याटोग्राफर उत्सव दाहाल हुन् l भिडियोलाई युट्युबका दर्शकले मन पराउँदै गईरहेको पाईएको छ l गीतको विषयबस्तु तथा भाव यथार्थपरक भएको र सोही अनुरुपको कथामा भिडियो निर्माण गरिएकोले भिडियोले धेरै दर्शक – स्रोताको मन जित्ने विश्वास लिएको कुरा गीतकार शिवराज बताउँछन् l