पल र एलिशलाई पिरती लाउन ‘पारै मिलेन’


सङ्गीत यात्राको छोटो समयमै अकल्पनीय लोकप्रियता हासिल गरेकी गायिका रचना रिमाल र गायक निशान भट्टराईको आवाज रहेको नृत्यपरक नयाँ गीत पारै मिलेन को भिडियो सार्वजनिक भएको छ । गत बुधबार रिलिज भएको यस गीतमा डि.पी खनालको शब्दरचना, शंकर थापा ‘स्माइल’ को सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ । गीतको अडियो पक्ष निकै उत्कृष्ट बनेको छ । म्युजिक भिडियोमा लोकप्रिय नायक पल शाह, एलिश राई र दीपा-दमान्ता श्रेष्ठको धमाकेदार नृत्य/अभिनय देख्न सकिन्छ ।

बिधान कार्कीको निर्देशनमा बनेको यस म्युजिक भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ भने भिडियोलाई उत्सव दाहालले छायाङ्कन र विकाश दाहालली सम्पादन गरेका छन् । दामी टिभी टिमले प्रस्तुत तथा निर्माण गरेको पारै मिलेन दामी टिभीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।