प्रेम आकर्षण भावमा ‘शितसँग’

तुलसी गिरी ‘भावुक’


लोकप्रिय गीतकार वसन्त वित्याशी थापाको शब्दरचनामा रहेको गीत शितसँग को भिडियो सार्वजनिक भएको छ l अष्ट लामाको सङ्गीत तथा सङ्गीत संयोजन रहेको प्रेम आकर्षण भावको यस गीतमा लक्ष्मण के.सी. को स्वर रहेको छ l गीत किशोर थापाको मिक्सिङ / माष्टरिङमा तयार भएको हो l

यस गीतको भिडियोमा भीमसेन टि लामाको निर्देशन रहेको छ भने कैलाश भण्डारी र सफिया चाम्लिङले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l राम बहादुर पौडेल, आभूषण कार्की, माधव प्रसाद घिमिरे र रामचन्द्र गुरागाईंलाई पनि सहायक कलाकारको रुपमा देख्न सकिन्छ l  भिडियोमा दिपेन बस्न्यातले सिनेम्याटोग्राफी र सम्पादन गरेका छन् l भिडियो Best Tone Music नामक युट्युब च्यानलमा अपलोड गरिएको छ l