कोरोना विरुद्धको साङ्गीतिक अभियान ‘जित्छु महामारी’

तुलसी गिरी ‘भावुक’


वरिष्ठ गायक आनन्द कार्की र मिना कार्कीको स्वरमा रहेको कोरोना सम्बन्धी चेतनामूलक एवं शिक्षामूलक गीत जित्छु महामारी को भिडियो सार्वजनिक भएको छ l रोगीहरूको हौसला बढाउने र निरोगीहरुमा समेत आत्मविश्वाश जगाउने शब्दहरु भएको यस गीतमा बिरामीहरुको सेवामा अहोरात्र खटिरहेका तमाम डाक्टर – नर्सहरुको पीडा र खुशीको पनि सम्मिश्रण पाइन्छ l

सुनिता बस्नेत थापाको शब्दरचना, राजकुमार बगरको सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको यो गीत त्रिवेणी डिजिटलमा रेकर्ड भएको हो l गीतको मिक्सिङ र माष्टरिङ पनि सङ्गीतकार राजकुमार बगरले नै गरेका हुन् l

वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यस भिडियोका निर्देशक, सिनेम्याटोग्राफ़र र सम्पादक वीरेन्द्र भाट ‘विपिन’ हुन् भने लोकेश भाटले सम्पादन सहयोगीको भूमिका निर्वाह गरेका छन् l भिडियोमा गायक आनन्द कार्की र गायिका मिना कार्की लगायत वरिष्ठ चिकित्सक डा. भोला रिजाल, वरिष्ठ कलाकार कृष्ण मल्ल र शर्मिला मल्ल, सञ्चारकर्मी नरेश भट्टराई र सुगारिका केसी तथा डाक्टर, नर्सहरुलाई पनि देख्न सकिन्छ l

गायिका कार्कीले केही समय अघि पहिलो नर्सिंङ गीत हामी नर्स को भिडियो सार्वजनिक गरेकी थिईन् l