वियोगान्त गीत ‘मलाई छोडी जाने माया’ मा सन्जिब

तुलसी गिरी ‘भावुक’


गायक सन्जिब कुमार पौडेलले वियोगान्त भावको गीत मलाई छोडी जाने माया को भिडियो सार्वजनिक गरेका छन् l खगेन्द्र दाहालको शब्दरचना र सन्जिब कुमारकै सङ्गीत तथा स्वर रहेको यस गीतमा प्रेमिकाले बीच बाटोमै छोडेर अर्कैसँग प्रीति गाँसेपछि विक्षिप्त बनेको प्रेमीको स्थितिको चित्रण गरिएको छ l देवेन्द्र नेवाको सङ्गीत संयोजन र प्रकाश मिश्रको मिक्सिङ / माष्टरिङ रहेको यो गीत एकोष्टिक नेपाल स्टुडियोका प्राविधिक राजाबाबु थारुले रेकर्ड गरेका हुन् l

सङ्गीतकार तथा गायक सन्जिब कुमारको आफ्नै अफिसियल युट्युब च्यानल Sanjib Kumar Paudel बाट सार्वजनिक भएको यस भिडियोमा कमल सिंह, बादल घिमिरे र रुविना कार्कीले अभिनय गरेका छन् l विक्रम चौहानद्वारा निर्देशित यस भिडियोमा प्रकाश खड्काको सिनेम्याटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको छ l