रामचन्द्र र जुनुको ‘वनचौंरी’ मा पल र रियाशा

तुलसी गिरी ‘भावुक’


नेपाली साङ्गीतिक क्षेत्रको लोकप्रिय जोडी रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वरमा रहेको गीत वनचौंरी को भिडियो सार्वजनिक भएको छ l  राजकुमार बगरको शब्दरचना, सङ्गीत र मिक्सिङ रहेको यस गीतमा महाराज थापाले सङ्गीत संयोजन गरेका छन् l

वनचौंरी को भिडियो सुरेन्द्र बसेलको कोरियोग्राफीमा निर्माण भएको हो l भिडियोमा प्रमुख कलाकार पल शाह र रियाशा दाहालले आकर्षक नृत्य गरेका छन् l  प्रेमसमर्पण भावमा रहेको यस गीतमा गीतकार ‘बगर’ ले अपनाएको फरक प्रकारको शाब्दिक शैलीले गीतमा महकता थपेको छ l नायक-नायिकाले एक अर्कालाई ‘तँ’ भनेर गरेको सम्बोधन निकै प्रिय लाग्छ –’किन लाग्छ तैं मोरीको पीर धेरै’, ‘किन लाग्छ यही मोराको पीर धेरै l’  

यस भिडियोमा उत्सव दाहालको सिनेम्याटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ l भिडियो गायक रामचन्द्र काफ्लेले आफ्नै अफिसियल युट्युब च्यानल RAM CHANDRA KAFLE मा अपलोड गरेका छन् l