वियोगान्त कथामा ‘भूइँको मान्छे’

तुलसी गिरी भावुक’

अम्बिका म्युजिक प्रा. लि. ले आफ्नो अफिसियल युट्युब च्यानल Ambika Music Nepal बाट भरखरै वियोगान्त प्रेमकथामा आधारित गीत भूइँको मान्छे को भिडियो सार्वजनिक गरेको छ l सानु थपलियाको शब्दरचना, ज्वाला राईको सङ्गीत र पूजा विष्टको स्वर रहेको यस गीतमा विषम आचार्यको म्युजिक एरेन्ज र निरज खतिवडाको मिक्सिङ रहेको छ l

आयाम तिवारीको निर्देशन रहेको यस भिडियोमा विराज बासकोटा र सविना सङ्ग्रौलाले प्रमुख कलाकारको भूमिकामा अभिनय गरेका छन् l भिडियोमा तिलक रिजालको सिनेम्याटोग्राफी र सुरेश राईको सम्पादन रहेको छ l