नारायण र शर्मिलाको हृदयविदारक गीत ‘राम्दी पुल’


पाल्पाको झडेवामा जन्मिएका नारायण रायमाझीका परिचय धेरै छन् । उनी राम्रो सङ्गीतकार हुन् । राम्रो गायक हुन् । राम्रो फिल्ममेकर हुन् । शब्दरचनामा पनि उत्तिकै प्रखर छन् । त्यो भन्दा पनि नेपाली लोक संस्कृतिका संरक्षक र धेरै कलाकारहरुका पथप्रदर्शक एवं अभिभावक हुन् । हरेक नयाँ पुराना कलाकारहरुलाई रायमाझी उत्तिकै माया गर्छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ ले परदेशी २ फिल्मको शुटिङ रोकिएसँगै आफ्ना पुराना सिर्जनाहरुलाई लाईभ रेकर्डिङ मार्फत दर्शक-श्रोतामाझ पस्किरहेका रायमाझीले यतिबेला विगतमा निकै लोकप्रिय रहेको गीत राम्दी पुल लाई पुन: रेकर्डिंङ गरेर सार्वजनिक गरेका छन् ।

रायमाझीका प्रायजसो गीत कालजयी छन् । उनका हरेक गीतले नेपालको लोक परिवेश बोलेको हुन्छ । माटो र भोगाईका यथार्थ भावनाहरु बोकेका हुन्छन् । आज साठ्ठीलाख बढी नेपाली आफ्नो रोजीरोटीको लागि परदेशमा मजदुरी गर्न विवश छन् । यस गीतले तिनै नेपालीहरुको पीडा बोलेको छ । राम्दी पुल तरने बित्तिकै बाँचे भेट मरे त यत्तिकै यो गीतका हरेक शब्द मुटुमा आँधी ल्याउने खालका छन् । 

राम्दी पुल पहिले नै स्रोताको मनमा राज गरिसकेको गीत हो । कल्याण शेरचनले लय सिर्जना गरेको यस गीतमा लोकप्रिय गायिका शर्मिला गुरुङ र नारायण रायमाझीले स्वर दिएका छन् । गीत कल्याण शेरचन र स्वयं रायमाझीले संयुक्त रुपमा रचना गरेका हुन् ।

गीतको मिक्सिङ श्यामश्वेत रसाईलीले गरेका छन् । भिडियोमा उदिराम खड्का, रत्न बिक, धर्म गन्धर्व, विवेक खड्का र बिरमा खड्काको भूमिका रहेको छ भने छायाङ्कन मिराज अर्यालले गरेका हुन् ।

https://www.youtube.com/watch?v=aJ2UJNV_3Fc