प्रेमगीतमा निक्लोश र मुश्कानको बेजोड अभिनय

तुलसी गिरी ‘भावुक’


नेपाली म्युजिक भिडियोको रङ्गिन संसारमा अत्यन्तै राम्रो सम्भावना भएकी मोडल मुश्कान वाग्लेले डेब्यु गरेकी छिन् ।  उनीद्वारा अभिनित म्युजिक भिडियो भरखरै युट्युबबाट रिलिज भएको छ । रवि मल्लको शब्द/सङ्गीत, दीक्षित पौडेलको सङ्गीत संयोजन तथा निशान भट्टराई र अस्मिता अधिकारीको स्वरमा रहेको गीत तिमीसँग मन साटें को भिडियोमा मुश्कानले निक्लोश अर्यालसँग अभिनय गरेकी हुन् ।

एक आर्काप्रति गहिरो प्रेम समर्पण भावले भरिएको यस गीतको भिडियोमा मुश्कानको अभिनय अनुभवी र परिपक्क कलाकारको भन्दा कम छैन । उमेरले भरखर १६ बर्ष मात्र पुगेकी ११ कक्षाकी छात्रा मुश्कानले आफूलाई छिट्टै यस क्षेत्रमा स्थापित गर्ने छिन् भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

यस गीतका गायक निशान भट्टराईको आफ्नै युट्युब च्यानल Nishan Bhattarai Official बाट सार्वजनिक भएको यो भिडियो स्वर्णिम थापाको कोरियोग्राफी तथा निर्देशनमा निर्माण भएको हो । जसमा पवन सुस्लिङको सम्पादन तथा कलर करेक्शन रहेको छ ।