याम गुरुङको अर्को साँस्कृतिक कोसेली ‘जाने कि नजाने’

तुलसी गिरी ‘भावुक’

साँस्कृतिक गीतको भिडियोका लागि नेपालमै पहिलो नम्बरका निर्देशकको रुपमा परिचय स्थापित गरेका याम गुरुङको निर्देशनमा भरखरै अर्को एउटा साँस्कृतिक गीत जाने कि नजाने को भिडियो सार्वजनिक भएको छ l वीरेन्द्र भाट ‘बिपिन’ को सिनेम्याटोग्राफी तथा सम्पादन रहेको यो भिडियो तीनदिन अघि मात्र ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो l

तुलसी शाहीको शब्दरचना तथा सङ्गीत रहेको यो गीतमा विनोद बाजुरालीले सङ्गीत संयोजन गरेका छन् भने तुलसी शाही र खेम सेन्चुरीले स्वर दिएका छन् l भिडियोमा मुख्य मोडलको रुपमा रिना थापा मगर र बबिन सिंह ठकुरीलाई नृत्य / अभिनयमा देख्न सकिन्छ l भिडियो वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो l