अष्ट्रेलियाबासी नेपालीहरुले बनाए तिहार गीतको भिडियो


अष्ट्रेलियामा बसोबास गर्दै आएका सर्जक/कलाकार डा. रामकृष्ण निरौलाले तिहार गीत झिलिमिली देउसी को भिडियो सार्वजनिक गरेका  छन् । प्रवासी भूमिमा रहेपनि स्थानीय स्रोत र साधनको भरपुर प्रयोग गरेर भिडियो तयार गरिएको कुरा डा. रामकृष्णले जानकारी गराए । रेणुका देवी निरौलाको शब्द, देवेन्द्र नेवाको म्युजिक एरेञ्ज र डा. निरौलाकै सङ्गीत र स्वरमा रहेको यस गीतको भिडियो आरसी थापाको निर्देशनमा तयार भएको हो । भिडियोमा अष्ट्रेलियालाई कर्मथलो बनाउँदै आएका   दर्जनौ नेपाली कलाकारहरुको सामुहिक प्रस्तुति रहेको छ ।

भिडियो मार्फत विश्वको कुनैपनि कुनामा रहेपनि आफ्नो मौलिकता, परम्परा, भाषा र पर्वहरुलाई जोगाईराख्नु पर्छ भन्ने सन्देश दिईएको कुरा सङ्गीतकार तथा गायक डा. निरौलाले बताएका छन् । निजम केसी फिल्मको ब्यानरमा निर्मित यो भिडियो गामशहर युट्युब च्यानलबाट रिलिज भएको छ ।