१२ बर्षपछिको सहकार्यमा ‘दोबाटोमा चौतारी’


गायक गुणराज श्रेष्ठको नयाँ गीत दोबाटोमा चौतारी सार्वजनिक भएको छ । सञ्चारकर्मी तथा गीतकार सुष्मा देवकोटाको शब्द र पछिल्लो समयका ब्यस्त सङ्गीतकार सुवास भुसालको सङ्गीत रहेको यो गीत गुणराज र अस्मिता अधिकारीको युगल आवाजमा आईतबार भिडियो सहित सार्वजनिक भएको हो । प्रेम र प्रकृतिको संयोजन गरी मौलिक शब्दमा निर्माण गरिएको यस गीतको सङ्गीत संयोजन उदयराज पौडेलले गरेका हुन् । ग्रामिण परिवेश चित्रित यस गीतको भिडियोमा मोडल सुधिर श्रेष्ठ, श्रृष्टी खड्का र गायक श्रेष्ठको अभिनय रहेको छ ।

दोबाटोमा चौतारी गीतको भिडियोलाई निशान कश्यपले निर्देशन तथा सम्पादन गरेका हुन् भने भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी र उत्सव दाहालको छायाङ्कन रहेको छ । गायक गुणराज श्रेष्ठको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको यस गीतका गायक गुणराज पछिल्लो समय नेपाली कला क्षेत्रमा आवाज र अभिनय सहित निरन्तर सक्रिय रहँदै आएका छन् । जसका यसअघि सार्वजनिक हल्ला धेरै भो, घार्र घुर्र, पिरतीमा, निष्ठुरीले, निवेदन लगायतका गीतहरु   सकारात्मक प्रतिकृया सहित दर्शक स्रोताको रोजाईमा रहेका छन् ।

त्यस्तै नेपाल आईडलबाट चर्चामा आएकी अस्मिता अधिकारी लगातार सफल साङ्गीतिक यात्रामा देखिएकी गायिका हुन् ।  जसका तिम्रो मायाले बाँधेर, लज्जावती झार, जाली भूगोल, आँखामा बसाउ मलाई लगायतका दर्जनौं गीत चर्चामा छन् भने यस गीतका सङ्गीतकार सुवास भुसाल पछिल्लो समय चलचित्र र सुगम सङ्गीतमा अत्याधिक रुचाईएका सङ्गीतकार हुन् । जसका प्रसाद, आमा, सेल्फी किङ लगायतका चलचित्रमा रहेका लै लै, वनकी चरी के भन्छे, जिन्दगीको के छ र भर, मनको मैलो, लगायत, मस्तै मस्तै, एकपल मुटुमा राखेर, सुपारी दाना लगायका दर्जनौ गीतहरु दर्शक स्रोताले अत्याधिक रुचाएका छन् ।

त्यस्तै यस गीतकी गीतकार सुष्मा देवकोटा साङ्गीतिक र साहित्यिक क्षेत्रमा कलम चलाईरहेकी स्रष्टा हुन् । करिव एक दशकदेखि पत्रकारिता पेशामा आवद्ध देवकोटा मूलत: कथा र कविता विधामा सक्रिय नाम हो । चलचित्र, गीति एल्बम र सिंगल ट्रयाकका गीतहरु लेख्दै आएकी उनका मायाको गहिराई मापन हुँदैन, ढल्यो ढल्यो, मुग्लानी छातीमा देश दुख्छ, खोजिरहेछु, गुँरासको रङ्ग लगायतका गीतहरु सार्वजनिक छन् । सङ्गीतकार सुवास भुसालकै सङ्गीतमा रहेको चोखो माया एल्बमको जवानीको दोस बोलको गीतबाट आजभन्दा १२ बर्ष पहिले औपचारिक सङ्गीत यात्रा सुरु गरेकी गीतकार देवकोटा र सङ्गीतकार भुसालको यो १२ बर्ष पछिको अर्को सहकार्य हो ।

गीतमा अभिनय गरेका कलाकार सुधिर श्रेष्ठ टिकटक मार्फत चर्चामा आएर मोडलिङमा प्रवेश गरेका कलाकार हुन् । जसका लाखौं प्रशंसक रहेका छन् । जसका सुनन पियारी, कुरा काट्ने मान्छेले काटुन्, नबोली नबोली, रातो रिवन, माया नैनी ताल आदि बहुचर्चित गीतहरु हुन् भने मोडल सृष्टी खड्काका लालुलाई, तिम्रो महल, सुनन पियारी, तिमी छौ, भेटौं फनपार्क गेटैमा लगायतका दर्जनौं गीतहरु चर्चामा छन् ।