सगरमाथा आरोहीहरुको सम्मानमा ‘विश्वभरि अमर बनेका छन्’


कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्दरचनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहीहरुको सम्मान स्वरूप तयार पारिएको  नयाँ गीत विश्वभरि अमर बनेका छन् सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को सङ्गीत र स्वर तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको यस गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक भएको गीतमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने धेरै व्यक्तिहरूको नाम लिइएको छ । डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम धरोहर मा रहेको यो गीतले पनि कीर्तिमान कायम गर्न सफल भएको थियो ।

फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग  सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर किसान भरिया सम्बन्धी गीत लगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरू समेत रहेका छन् उहाँका ।

सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् । उपाध्यायको नयाँ उपन्यास कफी लभ पाठकमाझ आउने तयारीमा रहेको छ ।