७ सुपरहिट गीत अब एकै ठाउँमा

तुलसी गिरी ‘भावुक’


पशुपति म्युजिकले लोकप्रिय गीतहरुको फोटो भिडियो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ l विगतमा कम्पनीबाट प्रकाशित भई श्रोताले अत्याधिक मन पराएका ७ गीतहरुको संगालो कम्पनीको आधिकारिक युट्युब च्यानल Pashupati Music मार्फत सार्वजनिक भएको हो l ‘अहिले बजारमा गीतका अडियो क्यासेट र सिडी नपाईने हुँदा समयको माग अनुसारको प्रविधिमा गीत सार्वजनिक गरिएको हो’ कम्पनीका प्रवन्ध निर्देशक शिवराज पौडेल भन्छन् l पशुपति म्युजिकले केहीदिन अघि पनि १० सुपरहिट गीतहरुको संगालो युट्युबबाट सार्वजनिक गरेको थियो l

प्रकाशित फोटो भिडियोमा ‘जहाँ छोड्यौ तिम्ले, तिमीसँगै जुनी काट्ने, मनको घाऊ निको पार्ने, रमाउँदै दिलमा आगो, म त तिम्रो मान्छे, तिमीलाई माया गर्ने अधिकार र तिमी कसको हुने होला’ बोलका ७ गीत समावेश गरिएको छ l जसमा दिवान किनार, श्रीकृष्ण बम मल्ल, निरा पीजी र विपिन किरणका शब्दरचना तथा दिवान किनार, श्रीकृष्ण बम मल्ल र राजकुमार बगरका सङ्गीतमा स्वरुपराज आचार्य, अञ्जु पन्त र प्रमोद खरेलका स्वर रहेका छन् l