‘रूख रोपौं’ भन्ने सन्देश छर्दै गीतकार उपाध्याय


विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत रुख रोपौं सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको यस गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

वृक्षारोपणका लागि प्रेरित गरिएको यो गीतमा धेरै भन्दा धेरै वनस्पतीको नाम लिइएको छ । डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम धरोहर मा रहेको यो गीतले पनि कीर्तिमान कायम गर्न सफल भएको थियो ।

फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल भएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित डा. उपाध्यायले गीत सङ्गीतका क्षेत्रमा बिभिन्न ३२ विश्व रकेर्ड कायम गरेका हुन् । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उनका २३ एल्बममा रहेका गीतमा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीत लगायत बिभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केल र माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरूरहेका समेत छन् । सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् ।