परदेशीको कथा-व्यथा ‘दशैंमा पर्खि नबस्नु आमा’

-तुलसी गिरी ‘भावुक’


हिन्दुहरुको सबैभन्दा ठूलो चाड दशैं सबैको घरदैलोमा आईपुग्न लाग्दा परिवारमा कतै पुनर्मिलनको खुशी त कतै विछोडको पीडा देखिन थालेको छ l दशैंले बिभिन्न सिलसिलामा छरिएको परिवारलाई पुन: एकपटक मिलन गराउने भएपनि घर आउन नपाएकाहरु पनि त्यत्तिकै हुने गर्दछन् l उनीहरुको दु:ख र पीडाका कथाले जो कोही नेपालीको पनि हृदय छुने  गर्दछ l यस्तै घर आउन नपाएको परदेशीको कथा-व्यथामा आधारित गीत दशैंमा पर्खि नबस्नु आमा को भिडियो भरख्ररै सार्वजनिक भएको छ l

नेपालमा चलनचल्तीमा रहेका सिक्का तथा नोटका डिजाइनर समेत रहेका गीतकार सुन्दर श्रेष्ठको शब्दरचना, प्रथम नेपाली महिला फिल्म सङ्गीतकारको रुपमा परिचित रेखा पौडेलको सङ्गीत तथा राम कुमार नेपालीको स्वरमा रहेको यो गीतको म्युजिक एरेन्ज राजेश कुमार श्रेष्ठले गरेका हुन् l समिर लामाको निर्देशन, रेशम दर्लामीको छायाङ्कन र अर्जुन पोखरेलको सम्पादनमा निर्मित यो भिडियो हाईलाइट्स नेपाल युट्युब च्यानलमा अपलोड भएको छ l