गीतमा सासू बुहारीबीचको प्रेमिल सम्बन्ध


कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत बत्तीस लक्षण भएकी बुहारी… को भिडियो सार्वजनिक भएको छ । सासू बुहारीबीचको प्रेमिल सम्बन्धलाई व्यक्त गरिएको यो गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक भएको हो ।

केही समय पहिला सार्वजनिक भएको उपाध्यायको गीति एल्बम अञ्जान तिर्खा मा रहेको यो गीतमा सन्तोष श्रेष्ठको सङ्गीत तथा प्राश्ना शाक्य र रिता केसीको स्वर रहेको छ ।

सुभाष प्रधानको निर्देशन र चाँदनी शाहीको सह-निर्देशन रहेको यस भिडियोमा मनोज ओली, रश्मी श्रेष्ठ, सपना थापा र प्रभास लिम्बूले अभियन गरेका छन् भने डम्बर राईको छायाङ्कन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

फरक शैलीका गीत मार्फत डा. उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित ३२ अलगअलग विधामा विश्व रेकर्ड राखेका छन् ।