चाडबाडको बेला परदेशीको पीडा : ‘न त दशैं न त तिहार’

तुलसी गिरी ‘भावुक’


कोरोना कहरले गर्दा उत्साहजनक अवस्था नभएपनि दशैं-तिहारविशेष गीतका भिडियोहरु रिलिज हुन थालेका छन् l यसै सिलसिलामा नमराज ढुङ्गाना र कोपिला तामाङ वाइबाको स्वरमा रहेको दशैं-तिहारविशेष काँठे लोकदोहोरी न त दशैं न त तिहार को भिडियो सार्वजनिक भएको छ l साजन पराजुलीको शब्दरचना, नमराज ढुङ्गानाको सङ्गीत तथा विष्णु तामाङको सङ्गीत संयोजन रहेको यो गीत शंकरा डिजिटल स्टुडियोमा रेकर्ड भएको हो l वियोगान्त भावमा रहेको यस गीतमा दशैं-तिहारको बेला घर आउन नपाएको परदेशी युवक र उसलाई कुरिरहेको परिवारका सदस्यहरुको पीडा पोखिएको छ l यथार्थपरक भाव भएको यस गीतले लाखौँ नेपालीहरुको घर-घरको कथा बोकेको छ l

बाबुराम बोहराको निर्देशन रहेको यस भिडियोमा दुर्गा पौडेलको सिनेम्याटोग्राफी र नवीन घर्ती मगरको सम्पादन रहेको छ l भिडियोमा रमा थपलिया, ईश्वर तिमिल्सिना, राजेश श्रेष्ठ, रेशम केसी, मोहन बोहरा र रमा लामाको अभिनय रहेको छ l भिडियो Trisana Music नामको युट्युब च्यानलमा अपलोड भएको छ l