वीरेन्द्रको निर्देशनमा दशैं-तिहार गीतको भिडियो

तुलसी गिरी ‘भावुक’


दशैं-तिहार नजिकिंदै गर्दा अघिल्ला बर्षहरुमा झैं दशैं-तिहार विशेष गीतका भिडियो पनि सार्वजनिक हुन थालेका छन् l यसै क्रममा वर्ल्ड कभर मिडियाले पनि भरखरै दशैँतिहार गीत सुखी हुनु सधैं सधैं को भिडियो सार्वजनिक गरेको छ l लेखराज गिरीको शब्दरचना तथा सङ्गीत सिर्जना रहेको यो गीतमा सुरज पण्डितले स्वर दिएका छन् l मारुनी डिजिटल स्टुडियोमा रेकर्डिङ भएको यस गीतमा कमल सौरागको सङ्गीत संयोजन रहेको छ l

वर्ल्ड कभर मिडियाकै पोष्ट प्रोडक्शनमा निर्मित यो भिडियो वीरेन्द्र भाट ‘विपिन’ ले निर्देशन तथा सम्पादन गरेका हुन् भने यसमा राम सिंह भाटको सिनेम्याटोग्राफी रहेको छ l भिडियोमा जीवन केसी, सुमिना निरौला, सङ्गीत रोकाया, जय बहादुर खत्री, जुद्ध बहादुर बस्नेत, लीलामाया बस्नेत आदि कलाकारले अभिनय गरेका छन् l