विक्रम जंग र सिर्जुको स्वरमा ‘खोला खाल्सी हे माया’

  • राजु बोहरा

    स्थायी घर काभ्रे भएका गायक तथा सर्जक विक्रम जंग शाह विगत निकै लामो समययता नेपाली गीत सङ्गीतको क्षेत्रमा क्रियाशील रहेका छन् । उनीद्वारा सिंगारिएका लोक तथा दोहोरी गीतहरु पुरानै भएपनि आजसम्म जनजिब्रोमा झुण्डिएका छन् । उनै विक्रमको पछिल्लो प्रस्तुति खोला खाल्सी हे माया को भिडियो भरखरै सार्वजनिक भएको छ । विक्रम जंग शाहको शब्दरचना र अमृत खातीको लय सिर्जना रहेको यस गीतमा विक्रम जंग शाह र सिर्जु अधिकारीले स्वर दिएका छन् ।

यस गीतबाट जति आर्थिक लाभ हुन्छ त्यसको २० प्रतिशत रकम कलाकार सुलेमान शंकर (इकु) द्वारा सञ्चालित स्नेहा बाल आश्रम लाई उपलब्ध गराउने कुरा विक्रम जंगले घोषणा गरेका छन् । सो बाल आश्रममा  हाल १४ बालबालिका आश्रित छन् । यो भिडियो सार्वजनिक हुनुपूर्व नै गायक विक्रम जंगले स्नेहा बाल आश्रम को १ महिनाको घरभाडा वापत रु. २५ हजार उपलब्ध गराइसकेको कुरा थाहा भएको छ ।

यो म्युजिक भिडियोमा विक्रम जंग शाह, सिर्जु अधिकारी, सन्जिब ठकुरी, रिना थापा, रामकुमार नेपाली, सन्ध्या सानु, सुवास बजगाईं, उषा सुवेदी, विनोद तामाङ, ऋतु तामाङ, राज गिरी, मालती घले, विवस बस्नेत, वर्षा तामाङ, गोविन्द गौतम, सलिना कार्की, अमृत खाती र आशिका खातीको अभिनय देख्न सकिन्छ । काभ्रे जिल्लाकै रमणीय ठाउँहरुमा छायाङ्कन गरिएको यस गीतको भिडियोमा शिशिर बुढाथोकीको निर्देशन रहेको छ भने छायाङ्कन सागर गौतम र सम्पादन मनोज कार्कीले गरेका छन् ।