जेबी ओलीको ‘काली आई लभ यु’

सर्जक / कलाकार जेबी ओलीको गीत काली आई लभ यु को भिडियो सार्वजनिक भएको छ । जेबी ओली र मेलिना राईको स्वर रहेको यस गीतमा जेबी ओलीकै शब्द, सङ्गीत रहेको छ । बेल्जियम बस्दै आईरहेका गायक तथा सर्जक ओलीले आफ्नो साङ्गीतिक कर्मलाई निरन्तरता दिनलाई केही समयको अन्तरालमा यो गीत बजारमा ल्याएको बताएका छन् । अन्य म्युजिक भिडियोमा प्रयोग नभएका उपकरणहरु प्रयोग गरी पृथक तरिकाले भिडियो निर्माण गरिएको कुरा समेत सर्जक / कलाकार ओलीले जानकारी गराए ।

लोकप्रिय निर्देशक एवं मोडल शंकर बिसीको निर्देशन रहेको यस भिडियोमा दुर्गा पौडेलको छायाङ्कन र नवीन घर्ती मगरको सम्पादन रहेको छ भने सौगात धितालले ड्रोन चलाएका छन् । भिडियोमा निर्देशक शंकर बिसी लगायत महेन्द्र गौतम, अञ्जली अधिकारी र करिश्मा ढकालको उत्कृष्ट नृत्य तथा अभिनय रहेको छ ।