जातीय भेदभाव विरुद्ध आवाज उठाउँदै गीतकार डा. चन्द्र गिरी

तुलसी गिरी ‘भावुक’


गीतकार डा.चन्द्र गिरीको शब्दरचनामा रहेको गीत हौँ हामी बराबर को लिरिकल भिडियो सार्वजनिक भएको छ l भिडियो केहीदिन अघि मात्र गीतकारकै आधिकारिक युट्युब च्यानल Rupantara Music बाट रिलिज भएको हो l सुवास भुसालको सङ्गीत तथा प्रताप दासको स्वर रहेको यस गीतमा पुरुषोत्तम सुवेदीले म्युजिक एरेन्ज र अशोक महर्जनले मिक्सिङ / माष्टरिङ गरेका छन् भने गीतको रेकर्डिङ कुमार के. सी. ले गरेका हुन् l गीतको लिरिकल भिडियो गीतकार डा. चन्द्र गिरी स्वयंको सम्पादनमा तयार भएको हो l

जातीय छुवाछुत र भेदभाव विरुद्धमा रहेको यस गीतमा मान्छे सानोठूलो हुँदैन भन्ने कुरा व्यक्त गरिएको छ l कोही जन्मदै पूज्य र कोही अछुत हुने हाम्रो सामाजिक कुरीतिमाथि गीतले खुलेर बिरोध गरेको छ l  

लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका झापाली गीतकार डा. गिरी वरिष्ठ वातावरणविद् हुन् । गीतकार गिरीका लगभग १ दर्जन गीत रेकर्ड भईसकेका छन् । केही समय अघि मात्र रिलिज भएको डा. गिरीको भिडियो नाचें फिरिरी ले युट्युबमा साँढे २ मिलियन भ्युज पाईसकेको छ भने रेकर्ड भईसकेका अन्य गीतको पनि क्रमैसँग भिडियो आउने तयारी भईरहेको थाहा भएको छ ।