‘तिमीबिना जिउनुको अर्थ छैन’ भन्दै आईन् इन्दिरा

तुलसी गिरी ‘भावुक’


गलामा बालसुलभ रङ्गको अलग्गै मिठास भएकी मोहनी मुश्कानकी धनी गायिका इन्दिरा भट्टराई र भूवन प्रकाश बडूको स्वरमा रहेको आधुनिक गीत तिमीबिना को भिडियो सार्वजनिक भएको छ l प्रेम समर्पण भावमा रहेको यो गीत मनोज सिंह धामीले रचना गरेका हुन् भने सङ्गीत र सङ्गीत संयोजन गीतका गायक भूवन प्रकाशले नै गरेका छन् l

तिमीबिना को भिडियो गोविन्द श्रेष्ठको कोरियोग्राफीमा निर्माण भएको हो l जसमा मरुभूमि नारायणको छायाङ्कन र रोशन धितालको सम्पादन रहेको छ l गायक भूवन र गायिका इन्दिरकै प्रमुख अभिनय रहेको यो भिडियो गायिका इन्दिरा भट्टराईकै च्यानल Indira’s Music & Entertainment मा अपलोड भएको छ l