७ बर्षीय प्रिन्शा खड्काको अर्को अन्तर्राष्ट्रिय सफलता

गतबर्ष इजिप्टमा आयोजित अन्तर्राष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा मिनी मोडल वर्ल्ड २०१९ को क्राउनसँगै बेष्ट डान्सर अवार्ड समेत जितेकी नेपालकी प्रिन्शा खड्काले यसपटक पनि त्यस्तै एउटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा दुईवटा अवार्ड जितेकी छिन् ।

साउथ यूरोपको बुल्गेरियामा अनलाइन मार्फत आयोजित प्रिन्स एण्ड प्रिन्सेस अफ द वर्ल्ड २०२० मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी ७ बर्षीय प्रिन्शा खड्काले फस्ट प्लेस गोल्ड प्रिन्सेस अफ द वर्ल्ड २०२० को उपाधीसँगै स्पेसल अवार्ड अफ द फेस्टिवल अन्तर्गत प्रिन्सेस ओर्जिनालिटी अवार्ड पनि जितेको कुरा आयोजक संस्था वर्ल्ड फेस्टिवल फर ब्युटी ट्यालेन्ट एण्ड फेशन ले जानकारी गराएको छ ।

विश्वका बिभिन्न देशबाट ५० भन्दा बढी बालबालिकाले अनलाइन मार्फत उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगीहरुको बीचमा आफ्नो उत्कृष्ट प्रस्तुति दिँदै प्रिन्शाले गोल्ड प्रिन्सेस अफ द वर्ल्ड २०२० को ताज जितेकी हुन् । त्यस्तै नेपालकै अर्की सहभागी सुप्रिया नगरकोटीले पनि सिल्भर प्रिन्सेस अफ द वर्ल्ड २०२० नामक उपाधी जितेकी छिन् । विश्वव्यापी कोभिड-१९ का कारण आवार्ड वितरण भने १७-२४ जुन २०२१ मा बुलगेरियामा गरिने आयोजक संस्थाले बताएको छ ।

रुकुमकी प्रिन्शा खड्काले यसअघि नेपालमा आयोजित क्विक्स मिनी लिटिल च्याम्प नेपाल २०१९ लगायत धेरै टाइटल जितिसकेकी छिन् । हाल काठमाडौमा कक्षा दुईमा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा पनि उत्तिकै अब्बल छिन् । विलक्षण प्रतिभाकी धनी प्रिन्शाले नारायण रायमाझीको बहुचर्चित गीत कारगिल भाग २  को भिडियोमा बाल कलाकारको रुपमा उत्कृष्ट अभिनय गरेकी छिन् भने अन्य दर्जन बढी म्युजिक भिडियोहरुमा पनि बाल कलाकारको रुपमा उनलाई देख्न सकिन्छ ।

SUBSCRIBE 👉