एकै ठाउँमा १० ‘सुपरहिट नेपाली आधुनिक गीतहरु’

तुलसी गिरी ‘भावुक’


पशुपति म्युजिक ले विगतमा आफ्नो कम्पनीबाट बजारमा आएका अत्याधिक हिट गीतहरुको फोटो भिडियो युट्युबबाट सार्वजनिक गरेको छ l कुनैबेला सीआरबीटी र क्यासेट / सीडी मार्फत समेत बजार तताएका १० वटा गीत एकीकृत गरी युट्युबमा राखिएको कुरा कम्पनीका प्रवन्ध निर्देशक शिवराज पौडेलले जानकारी गराएका छन् l

सुपरहिट नेपाली आधुनिक गीतहरु नाम दिईएको यस भिडियोमा तिमी कसको हुनेहोला, म त तिम्रो मान्छे, रमाउँदै दिलमा आगो, बिदाईमा खुट्टा, तिमीसँगै जुनी काट्ने, यो भीडै भीडको शहरमा, माया एउटासँग, शङ्का अलिअलि, धुजा धुजा पारिदिनुतिमीले माया गर्ने मान्छे गरी १० वटा गीत समावेश गरिएको छ l जसमा दिवान किनार, निरा पिजी, बिपिन किरण, श्रीकृष्ण बम मल्ल, राजकुमार बगर र सुजित थापा ‘माधव’ को शब्दरचना तथा दिवान किनार, राजकुमार बगर र श्रीकृष्ण बम मल्लको सङ्गीतमा स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, कृष्णभक्त राई, अञ्जु पन्त, श्रेयशी चेम्जोङ लिम्बू र प्रमोद खरेलको स्वर रहेको छ l