रोमाण्टिक भावमा ‘सार्टनैको चोली’

तुलसी गिरी ‘भावुक’


शंकर थापा ‘स्माइल’ र दिपा लामाको स्वरमा रहेको गीत सार्टनैको चोली को भिडियो सार्वजनिक भएको छ l अम्बिका गुरुङले रचना गरेको यस गीतमा गायक समेत रहेका शंकर थापा ‘स्माइल’ले नै सङ्गीत सिर्जना गरेका छन् l गीतमा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ भने कुमार केसीले रेकर्डिङ र अशोक महर्जनले मिक्सिङ / माष्टरिङ गरेका छन् l

सुब्रतराज आचार्यको निर्देशन र गम्भीर विष्टको कोरियोग्राफीमा छयाङ्कन भएको यस म्युजिक भिडियोमा कार्टुन क्रिउ का सरोज अधिकारी र आश्मा विश्वकर्मालाई प्रमुख कलाकारका रुपमा देख्न सकिन्छ l Bhavsagar Entertainment LLC मा अपलोड भएको यस भिडियोका छायाकार नवराज हुन् भने सम्पादन र कलर करेक्शन नवीन निरौलाले गरेका छन् l भिडियोमा सुबोल थापा सहायक निर्देशकको रुपमा रहेका छन् l गीत रोमान्टिक भावमा रहेको छ l