पहिलोपटक भिडियो निर्देशनमा सङ्गीतकार दुमी

तुलसी गिरी ‘भावुक’

लोकप्रिय गायक राजेशपायल राईको स्वरमा रहेको गीत खै के भयो के भयो को भिडियो सार्वजनिक भएको छ l रमेश मगरको शब्दरचना तथा सङ्गीत रहेको यस गीतको म्युजिक एरेन्ज र मिक्सिङ राजु कार्कीले गरेका हुन् l

यसैगरी गीतको भिडियो भने सन्तोष दुमीको निर्देशन र किसन भुसालको कोरियोग्राफीमा तयार भएको हो l लामो समयदेखि सङ्गीत कर्ममा क्रियाशील रहेका दुमीले आफूले पहिलोपटक म्युजिक भिडियोको निर्देशन गरेको कुरा जानकारी गराएका छन् l एलिश राई, नग्मा श्रेष्ठ र निनाम हाङ राईको अभिनय रहेको यस भिडियोमा धन खालिङ र श्री थापाको सिनेम्याटोग्राफी तथा धन खालिङको सम्पादन एवं कलर करेक्शन रहेको छ l

जस्केलो प्रोडक्शन को पोष्ट प्रोडक्शनमा निर्मित यो भिडियो SANTOSH DUMEE OFFICIAL CHANNEL मा अपलोड गरिएको छ l प्रेम आकर्षण भावमा रहेको यस गीतमा एउटी सुन्दर युवतीलाई देखेपछि युवकको मनमा चलेको आँधीहुरी र बढेको बेचैनी अनि छट्पटीका भावहरु व्यक्त भएका छन् l